शरदको अँगालो इन्दिराको घर

पछिल्लो समय गायिका इन्दिरा जोशीको प्रेमको राम्रै चर्चा छ । लामो समय आफ्नो प्रेम लुकाएकी जोशीले केहि समय अघि आफ्नो प्रेम प्रदर्शन गर्न हेलिकोप्टर नै चार्टर गरेर खुम्बु पुगिन् । खुम्बु पुगेर उनले आफ्ना प्रेमी शरद केडियालाई सार्वजनिक गरिन् ।
 
जोशी र शरदले खुम्बुमा औँठी साटासाट गरे । तस्बिर खिचे । भिडियो बनाएर सामाजिक सञ्जालमा हाले र आफ्नो प्रेम सार्वजनिक गरे । सोही क्रममा खिचेको उनीहरुको एउटा तस्बिर भाइरल नै भएको थियो ।
 
त्यसपछि भने इन्दिराले सदरसँगका तस्बिर निर्धक्क सार्वजनिक गरिरहेकी छिन् । यसैक्रममा बिहिबार उनले शरदसँगको तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् । 

शरदको कसिलो अँगालो सहितको तस्बिर सार्वजनिक गर्दै इन्दिराले लेखेकी छिन्, ‘मेरो अँगालो तिम्रो लागि, तिम्रो अँगालो मेरो घर ।’ लगातार प्रेमीसँगका तस्बिर सार्वजनिक गरिरहेकी इन्दिराले विवाहको मिति भने तय गरेकी छैनन् ।
 
इन्दिरा अहिले ‘सारेगम लिटिल च्याम्प' नेपाल’को निर्णायकमा छिन् । बालबालिकाको गायन प्रतियोगिताको यो शोका सहभागी बालबालिकाले पनि उनलाई शरदको दारीसँग जोडेर जिस्काउँन थालेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार ११:४२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया