अमेरिकी रिपोर्ट भन्छ– ‘भारत रुसको सहयोगमा हाइपरसोनिक मिसाइल बनाइरहेको छ’

अमेरिकाको एक रिपोर्टमा भारतले रुसको सहयोगमा हाइपरसोनिक मिसाइल बनाइरहेको दाबी गरिएको छ । 

अमेरिकाको स्वतन्त्र कांग्रेसियल रिसर्च सर्भिस (सीआरएस) ले तयार गरेको रिपोर्टमा भारत, अस्ट्रेलिया, फ्रान्स, जर्मनी र जापानजस्ता देश पनि हाइपरसोनिक हतियारको प्रविधि विकसित गरिरहेको उल्लेख छ । 

हाल अमेरिका, रुस र चीनसँग अत्याधुनिक हाइपरसोनिक हतियार छन् । 

सीएसआरका अनुसार अस्ट्रेलियाले हाइपरसोनिक हतियारका लागि अमेरिकासँग र भारतले रुससँग सहकार्य गरिरहेको छ । 

रिपोर्टका अनुसार भारतले ७ हाइपरसोनिक क्रुज मिसाइल बनाउनका लागि रुससँग साझेदारी गरेको छ । 

रिपोर्टमा भनिएको छ, ‘भारत आफ्नो ‘हाइपरसोनिक टेक्नोलोजी डेमोन्स्ट्रेटर भेइकल’ कार्यक्रम अनुसार स्वदेशी र दोहोरो क्षमता भएका हाइपरसोनिक मिसाइल बनाइरहेको छ ।’
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १४:१४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया