अमेरिकामा फिल्म सेटमा हमला, क्यामरामेनको मृत्यु, निर्देशक घाइते

अमेरिकाको न्यु मेक्सिकोमा एक फिल्मको सेटमा गोली चल्दा क्यामेरामेनको मृत्यु भएको छ भने निर्देशक घाइते भएका छन् । 

अभिनेता एलेक बाल्डविनको प्रोप गनबाट गोली चलेको थियो । गोली लागेर क्यामरामेन हेलेना हचिन्स र फिल्मका निर्देशक घाइते भएका थिए ।

प्रहरीका अनुसार एलेक बाल्डविनबाट ‘रस्ट’ नामको फिल्मको शुटिङका क्रममा अचानक गोली चलेको थियो । गोली लागेर घाइते भएकेही हेलेनालाई तत्कालै अस्पताल लगिएपनि उनको मृत्यु भएको हो ।

फिल्मका निर्देशक ४८ वर्षीय निर्देशक जोएल सुजाको उपचार भइरहेको छ । बाल्डविनका प्रवक्ताले यो घटना शुटिङका क्रममा प्रयोग गरिने गनबाट मिसफायर हुँदा भएको हो । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १४:५४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया