ड्रग्स केसमा अनन्या पाण्डेलाई तीन घन्टा सोधपुछ गर्यो प्रहरीले

बलिउड अभिनेत्री तथा चंकी पाण्डेकी छोरी अनन्या पाण्डेसँग भारतीय प्रहरीले तीन घन्टा सोधपुछ गरेको छ । बलिउड अभिनेत्री अनन्यालाई आज दिउँसो मुम्बईको नार्कोटिक्स कन्ट्रोल ब्यूरोले यो सोधपुछ गरेको हो ।

त्यहाँ उनले ब्यूरोका अधिकारीले सोधेको प्रश्नको जवाफ दिइन् ।

बिहीबार उनको घरमा प्रहरी पुगेको थियो ।

एनसिबीले क्रुज सिपमा भएको ड्रग पार्टीमा उनी पनि संलग्न भएको बताएको छ । भारतीय प्रहरीले यही काण्डमा साहरुख खानका छोरा आर्यन खानलाई गिरफ्तार गरेको छ ।

यसअघि आर्यनलाई अदालतले जमानत दिन अस्वीकार गरिसकेको छ ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार २०:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया