पानीपुरी खानुहोस्, स्लिम बन्नुहाेस् !

पानीपुरी काठमाडौंलगायतका सहरमा पछिल्लो समय निकै खपत हुन थालेको छ । कतिपयलाई पानीपुरीको नाम सुन्ने वित्तिकै पनि मुखमा पानी आउँछ । हो, स्वास्थ्यका लागि पानीपुरी राम्रो मानिँदैन । तर, राम्रोसँग बनाइएको पानीपुरी हो भने यसका अनेक फाइदा छन् । राम्रोसँग बनाइएको पानीपुरीले त हाम्रो स्वास्थ्यलाई झन् राम्रो गर्ने, मोटोपना घटाउन सहयोग गर्ने अध्ययनहरुले निष्कर्ष निकालेका छन् ।

त्यति मात्र होइन, पानीपुरीले पेटको दुखाइ र एसिडिटीजस्तो समस्यालाई पनि कम सहयो गर्छ । 

पानीपुरीमा प्रयोग हुने पानी सफा र राम्रो छ भने त्यसमा प्रयोग हुने पुदिना, हिंग, अमिलोजस्ता कुराले हाम्रो वजन कम गर्न सहयोग गर्छन् । यतिमात्र होइन, अनुहारमा निस्किएका काला दाग हटाउन यसमा प्रयोग हुने जिराले सहयोग गर्छ । 

तर, पानीपुरी खाँदा चाहिँ आँटाबाट बनेको मात्र खानु पर्ने सुझाव अध्ययनकर्ताले दिएका छन् । अर्कोतिर पानीपुरी दिउँसो मात्र खानु पर्छ । सफा पानी र तेल प्रयाेग नगरेकाे पानीपुरी खाँदा चाहिँ स्वास्थ्यमा समस्या देखिने कुरा कसैले नकार्न सक्दैन ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १९:५६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया