चीनले अमेरिकी राष्ट्रपतिलाई भन्यो– सम्हालिएर बोल्नू !
अमेरिकी राष्ट्रपति जाे बाइडेन

चीनले ताइवानको विषयमा पछिल्लो समय भएका टिकाटिप्पणीबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ । उसले ताइवानको विषयमा पछिल्लो समय कुनै सम्झौता वा छुटका लागि कुनै ठाउँ बाँकी नभएको बताएको हो ।

चीनले अमेरिकी राष्ट्रपति जो बाइडनले दिएको अभिव्यक्तिपछि यस्तो प्रतिक्रिया दिएको हो । 

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमाथि चीनले आक्रमण गरेको खण्डमा अमेरिका ताइवानको रक्षाका लागि तयार भएको बताएका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले दैनिक हुने एक पत्रकार सम्मेलनमा चिनियाँ दाबीलाई दोहोर्याएका हुन् । चीनले ताइवान आफ्नै भूमि भएको दाबी गर्दै आएको छ ।

‘चीनको संप्रभुता तथा क्षेत्रीय एकताको विषयमा कुरा हुँदा हामीले कुनै पनि सम्झौता वा छुटमा कुरा गर्दैनौँ, त्यसका लागि कुनै ठाउँ खाली हुँदैन,’ वांगले भनेका छन्, ‘हामी यसका लागि प्रतिबद्ध छौँ ।’

यही कार्यक्रममा उनले चीनको आन्तरिक विषयमा सबैले सम्हालिएर बोल्नु पर्ने पनि बताएका थिए ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १९:४२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया