बुधबार १० बुँदेलाई ट्याउँ ट्याउँ भनेका ओलीले शनिबार भने– केही ठाउँमा कार्यान्वयन बाँकी छ, हुन्छ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही ठाउँमा १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि बाँकी भएको भन्दै अब ती ठाउँमा पनि १० बुँदे कार्यान्वयनमा आउने बताएका छन् ।

शनिबार देशभर वडा अधिवेशन सुरु हुनुभन्दा पहिले भर्चुअल सम्बोधन गरेका ओलीले १० बुँदे कार्यान्वयन हुन केही ठाउँ बाँकी रहेकाले अब कार्यान्वयन हुने बताएका हुन् ।

यसअघि बुधबार मात्र काठमाडौंमा आयोजना भएको बागमती प्रदेशको महाधिवेशन आयोजक कमिटीको प्रथम भेलामा ओलीले अब १० बुँदेको कुनै औचित्य नभएको बताएका थिए । उनले तत्कालीन समयमा माधवकुमार नेपालले पार्टी नफुटाउन् भनेर १० बुँदे सम्झौता प्रस्ताव गरिएको तर नेपालले पार्टी फुटाइसकेपछि यसको कुनै औचित्य नभएको बताएका थिए ।

उनको यो अभिव्यक्ति आएपछि नेकपा स्थायी कमिटी बैठकमा भीम रावल र घनश्याम भुसालले यसबारे फरक मत राखेका थिए ।

यतिमात्र होइन, रावलले १० बुँदे कार्यान्वयनमा सहजीकरण नभएको भन्दै यो कार्यान्वयनका लागि बनाइएको समितिको संयोजकबाट राजीनामासमेत दिए ।

यी घटनाक्रम पछि शनिबार पत्रकारहरुको प्रश्नमा एमाले अध्यक्ष ओलीले केही ठाउँमा यसको कार्यान्वयन बाँकी रहेकाले त्यो छिटै हुने बताएका हुन् ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १९:५९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया