\
प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतबार) विश्वासकाे मत लिँदैछन् । आचार्यले आज दिउँसाे साढे १२ मा बस्ने प्रदेशसभा बैठकमा विश्वासकाे मत लिने भएका हुन् ।
मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव सदनमा टेबुल गराइसकेका छन् ।
नेपालको संविधान धारा १८८ को उपधारा २ र प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम ४ बमोजिम मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव सदनमा पेस गरेका हुन्।
एमालेका १० प्रदेशसभा सदस्य समाजवादीमा गएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । अल्पमतमा परेपछि बहुमत पुर्याउन आचार्यले कसरत गरिरहेका छन् ।
९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा एमालेसँग सभामुखसहित ४१ जना प्रदेशसभा सदस्य छन् । एक जना प्रदेशसभा सदस्य सरकारी कागजात किर्ते मुद्दामा फरार छन् ।
बहुमतका लागि ४७ सदस्य आवश्यक पर्ने प्रदेश एकमा विपक्षी गठबन्धन नतोडिएका कारण एमाले अल्पमतमा परेको हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।