आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

आज र भोलि ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि निःशुल्क खुवाइँदै छ।

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रम अन्तर्गत आज र भोलि ६ भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । 

मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्र वा वडा कार्यालयमा गएर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ।

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई चरणमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ ।

कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनु पर्नेमा यस वर्ष दसैं परेका कारणा कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो । 

राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार ८:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया