यातायात व्यवस्था विभागले शुक्रबारदेखि लाइसेन्सको नयाँ आवेदन खुलाउने

यातायात व्यवस्था विभागले यही साताको अन्तिमबाट सवारी लाइसेन्सको नयाँ आवदेन खुलाउने तयारी गरेको छ । विभागले ६ महिनापछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउने तयारी गरेको हो ।  

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले कोटा सिस्टम लागू गरेर आउँदो शुक्रबारदेखि नयाँ आवेदन खुलाउने तयारी भएको जानकारी दिएका छन् । 

नयाँ आवेदन खुलाए पनि तत्काल नयाँ आवेदकको परीक्षा भने नहुने विभागका प्रवक्ता डा. लोकनाथ भुसालको भनाइ छ । दैनिक कति आवेदकले आवेदन दिन पाउने भनी कोटा सिस्टम लागू गरेर आवेदन खुलाइने उनले जानकारी दिए ।

देशभरबाट एक दिनमा पाँच हजार जनाले आवेदन दिन पाउने विभागले जनाएको छ । देशभरका २१ ओटा यातायात कार्यालयबाट दैनिक पाँच हजार जनाले आवेदन भर्न पाउनेछन् । 
 
अझै चार लाख पुराना आवेदकको परीक्षा बाँकी रहेको विभागले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १७:५६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया