प्रदेश ३ का पूर्वाधारमन्त्री स्थापितको पद धरापमा

काठमाडौं– मि टू अभियानअन्तर्गतको आरोप खेपिरहेका प्रदेश ३ का भौतिक तथा पूर्वाधारमन्त्री केशव स्थापितको मन्त्री पद धरापमा परेको छ । पूर्वाधारमन्त्री स्थापितले मन्त्री हुँदाको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीविरुद्ध अभद्र व्यवहार गरेको आरोप उनलाई लागेको छ । 

उनलाई मन्त्री पदबाट बरखास्त गर्नका लागि मुख्यमन्त्री डोरमणि पौडेल आफैं लागेको पौडेलनिकट एक नेताले जानकारी दिएका छन् । उनका अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री स्थापितले मुख्यमन्त्री पौडेलमाथि पनि अभद्र व्यवहार गरेका थिए । त्यस्तै, स्थापितले प्रदेश ३ का मन्त्रीहरुसँगको सम्बन्ध पनि राम्रो बनाउन नसकेको आरोप छ । 

स्रोतका अनुसार मुख्यमन्त्री पौडेल र प्रदेश ३ का अर्थमन्त्री कैलाश ढुंगेल हेटौंडाबाट काठमाडौं हिँडिसकेका छन् । उनीहरुले काठमाडौं आएर प्रधानमन्त्रीसँग मन्त्री स्थापितका बारेमा छलफल गर्ने स्रोतले बताएको छ । स्रोतका अनुसार मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितसँग बसेर काम गर्न नसकिने बताएका छन् ।  

त्यस्तै, मन्त्री स्थापित काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारीबाट मि टू आरोप खेपिरहेका छन् । संविधानतः मुख्यमन्त्रीले नै मन्त्री हटाउने प्रावधान रहेको भए पनि एकपटक पार्टी नेतृत्वसँग बसेर छलफल गर्नका लागि मुख्यमनन्त्री पौडेल पार्टी अध्यक्षद्वयलाई भेट्ने तयारीमा छन् ।
 





  • प्रकाशित मिति : कात्तिक १५, २०७५ बिहीबार १२:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया