ओलीले प्रश्न– परमादेश जारी गर्ने पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा भइरहेको लफडाप्रति मुख खोलेका छन् । 

एमालेको आज सुरु भएको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्रधानन्यायाधीशले मात्र नभई परमादेश जारी गर्ने अरु सबैले राजीनामा दिनु उपयुक्त हुने भनाई राखेका छन् । 

सम्बोधनको क्रममा ओलीले भने, ‘श्रीमान् न्यायाधीशहरु कसले के गरेको थियो अलिकति उधिन्न थाल्नुभएको छ । उधिन्न थाल्दैगर्दा निक्लिँदै जान थालेका छन् । 

परमादेश त १ जनाले गरेको होइन, पाँचै जनाले गर्नुभएको थियो । पाँचै जनाले परमादेश गर्नुभएको थियो भने १ जनासँग राजीनामा किन माग गर्नुहुन्छ, श्रीमानजीहरु ?’

साथै, उनले पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘पाँचै जनाले परमादेश गरेर देश यो हालतमा पुर्याएको छ । पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ? सर्वसम्मतिको तपाईंहरुको निर्णयको सुगन्ध, दुर्गन्ध के फैलिरहेको छ म भन्न चाहन्न । यस हिसाबको सर्वोच्च अदालतको मान मर्दन यहाँहरुले गरिराख्नुभएको छ ।’

ओलीले दुनियाँमै नभएको कुरा पाकिस्तानी शैलीमा परमादेशबाट भएको टिप्पणी पनि गरेका छन् । ओलीले भने, ‘दुनियाँमै कहाँ नभएको कुरा, सरकार हटाउने कुरा, पाकिस्तानी शैलीमा परमादेशबाट हुन थालेपछि लोकतन्त्र के हुन्छ ? आज सर्वोच्च अदालतमा आफैं देखिएको छ तमासा ।’
 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १३:५६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया