जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाने, यस्तो छ भ्रमण तालिका

जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन् । कात्तिक १५ र १६ (नोभेम्बर १–२)मा ग्लास्गोमा जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन देउवा नेतृत्वको प्रतिनिधिमण्डल बेलायत जान लागेको हो । 

बेलायत रहँदा देउवा नेतृत्वको टोलीले बेलायती सांसदहरुको एक समूह र र युके–नेपाल ट्रेड एण्ड इन्भेस्टमेन्ट फोरमले गर्ने कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार देउवाले गैरअवासीय नेपाली संघ, भूपू गौर्खा सैनिकहरुको संस्थाका प्रतिनिधि लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा सोमबार कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुने रत्यही दिन उनले वल्र्ड लिडर्स समिटलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् । साथै उनले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग द्विपक्षीय भेट गर्नेछन् ।

देउवा नेतृत्वको भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका उच्च अधिकारी रहनेछन् । भ्रमण टोली १८ गते स्वेदश फर्किने कार्यक्रम छ । 





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार २१:३९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया