प्रधानमन्त्री देउवा कोप–२६ मा भाग लिन बेलायत जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन बेलायत प्रस्थान गर्दैछन् । उनी २० सदस्यीय टोलीको नेतृत्व गर्दै बेलायत जान लागेका हुन् । 

जलवायुसम्बन्धी सम्मेलन बेलायतको ग्लास्को सहरमा आयोजना हुँदैछ । प्रधानमन्त्री देउवा आज बिहान १०ः४० बजे कतार एयरवेजको विमानमार्फत बेलायत प्रस्थान गर्न लागेको उनको सचिवालयले जनाएको छ । 

पाँचौपटक प्रधानमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालयका सचिव प्रेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी रहेका छन् । 

प्रधानमन्त्री देउवाले कात्तिक १५ र १६ गते हुने वर्ल्ड लिडर समिटमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन आजदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवा सम्मेलनलाई सम्बोधन गरेर १८ गते स्वदेश फर्किनेछन् । 
 





  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार ८:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया