प्रदेश १ का मुख्यमन्त्रीले दिए पदबाट राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

प्रदेशसभामा बोल्दै उनले संविधानको धारा १८२ को उपधारा २ अन्तर्गतको व्यवस्थाअनुसार बहुमत नरहेकाले आफूले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । 

आचार्यले आज नै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने बताएका छन् । प्रदेशसभामा आज विश्वासको मत लिने कार्यक्रम थियो । 

विश्वासको मत लिनुअघि सांसदमा बोल्दै आचार्यले जनताको चाहना आफू नेतृत्वको सरकार नै भए पनि संसदको अंक गणित प्रतिकूल भएकाले राजीनामा दिएको बताए ।

उनी भदौ १० गते मुख्यमन्त्री बनेका थिए । आचार्यको कार्यकाल ६७ दिनको रह्यो । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १५:८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया