अभिनेता होइन खेलाडी बन्न चाहन्थे साहरुख खान

बलिउडका चर्चित अभिनेता साहरुख खानले २ अक्टोबरमा आफ्नो जन्मदिन मनाउने गरेका छन् । 

अहिले बलिउडमा निकै राम्रो छाप छोडिएका सुपरस्टार साहरुख खान खासमा मुम्बई पुग्दा चिनिएको अनुहार थिएन । उनी मुम्बई पुगेपछि आफ्नै संघर्ष र बलबुतामा कलाकारितामा लागेका हुन् । तर, उनले सुरुमा त आफू कलाकार हुन्छु भन्ने सोचेकै थिएनन् ।

५६ वर्षका साहरुख खानको जन्म भारतको दिल्लीमा भएको थियो । उनले दिल्लीको सेन्ट कोलम्बिया स्कुलबाट आफ्नो पढाइ सुरु गरेका थिए ।

स्कुले दिनमा उनले हकी र फुटबलमा निकै रुचि राख्ने गरेको पनि भारतीय मिडियाले उनीमाथि लेख्दा बारम्बार लेखिरहेका हुन्छन् । त्यति बेला साहरु खान स्पोर्ट्समा करिअर बनाउन चाहन्थे । तर, उनको काँधमा चोट लागेपछि उनले खेल क्षेत्रलाई छोडिदिए ।

साहरुख खानले हंसराज कलेजमा भर्ना पनि गरेका थिए । तर, त्यहाँ उनले अध्ययन पूरा गरेनन् । पछि उनले जामिया मिलिया इस्लामियामा मास कम्युनिकेसन पढ्नका लागि पनि भर्ना गरेका थिए । तर, त्यसलाई पनि बीचमै छाडेर उनी अभिनयतिर लागे ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार ९:२६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया