दोस्रो पटक सहकार्य गर्दै रोहित-दीपक

चलचित्र निर्माता रोहित अधिकारी र दीपकराज गिरीले दोस्रो पटक सहकार्य गर्ने भएका छन् । रोहित/दीपकले निर्माण गर्न लागेको चलचित्र निर्देशक हेमराज बिसीले निर्देशन गर्नेछन् । रोहित र दीपकले यसअघि चलचित्र ‘छ माया छपक्कै’मा सहकार्य गरेका थिए ।

अब बन्ने चलचित्रको कथा हेमराजले नै लेखेका हुन् । दीपक र रोहितले चलचित्रको कथा मन पराएका छन् । चलचित्र निर्माणका लागि दीपकको टीमसँग मौखिक सहमति भइसकेको छ । तर लिखित सम्झौता भने हुन बाँकी नै छ ।

चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे शीर्ष कलाकारका रूपमा देखिने छन्।

दीपकको टीम अर्को चलचित्र ‘छ माया छपक्कै’को चौथो सिरिजको तयारीमा छन् । रोहितसँगको सहकार्यमा निर्माण हुने यो चलचित्र ‘छ माया छपक्कै’को चौथो सिरिजपछि गर्ने कि पहिला गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

रोहित र दीपकको सहकार्यमा पहिलो पटक बनेको चलचित्र ‘छ माया छपक्कै’ले दुई वर्षअघि चलचित्र उद्योगमा राम्रै कमाइ गरेको थियो ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १२:२८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया