रत्नपार्कमा काग सम्मेलन

काठमाडौं– काग तिहारको दिन आज रत्नपार्कमा काग सम्मेलन गरिएको छ । 

राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको काग सम्मेलनमा १७३ जनावर तथा चराचुरुंगीको आवाज निकाल्ने इलामका रमेश दुलाल  ‘कागे’ले कागको स्वर निकालेर रत्नपार्कमा करिब ३ सय काग बोलाएर १५औँ काग सम्मेलन गराए । दुलालले विगत १४ वर्षदेखि काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् । 

‘मैले संविधान नबन्दा काग बोलाएर नयाँबानेश्वरस्थित संसद् भवन र अन्तर्राष्ट्रिय विमानस्थल घेराउ गरेको छु, भारतले नेपालमा नाकाबन्दी गर्दा मैले भारतीय राजदूतावासको ढोकाअगाडि काग बोलाएर विरोध गरेको छु,’ दुलालले भने । 

दुलाल मुखैले मादल, सनाइ, सारंगी, पियानो, ड्रम सेट, मुर्चुंगा र गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुंगीको आवाज पनि दुरुस्तै सुनाउँछन् उनी ।

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा उसले राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।

कागलाई सन्देशवाहक तथा यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ ।  
 





  • प्रकाशित मिति : कात्तिक १९, २०७५ साेमबार १०:३१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया