डा. महतको प्रश्न : प्रधानन्यायाधीशले संविधानविपरीत काम गरेको प्रमाणित नभई कसरी हस्तक्षेप गर्ने ?

नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा.  प्रकाशशरण महतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गम्भीर बनेर समस्याको निकास निकाल्नुपर्ने बताएका छन् । 

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै नेता महतले प्रधानन्यायाधीशले संविधान विपरीत कार्य गरेको भन्ने कुनै प्रमाण नभएकाले अहिलेसम्म सरकारले कुनै हस्तक्षेप नगरेको बताए । संविधानविपरीत कार्य गरेको प्रमाणित नभई हस्तक्षेप गर्न नमिल्ने उनको भनाइ थियो ।

सर्वोच्चमा अदालतमा देखिएको समस्याको समाधान सर्वोच्चमै खोज्नुपर्ने धारणा राख्दै उनले संवैधानिक व्यवस्थाप्रति सबै जिम्मेवार हुनुपर्ने बताए । सर्वोच्चमा देखिएको समस्याप्रति टीकाटिप्पणीभन्दा समस्यालाई निकास दिँदै चाँडै न्याय सम्पादनमा सहजता ल्याउनुपर्नेमा उनले जोड दिए । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १८:२५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया