एमसिसी पास गर्छौं भनेर चिट्ठी पठाएको होइन : प्रचण्ड
फाइल फाेटाे

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गर्ने भनेर चिठ्ठी नपठाएको स्पष्ट पारेका छन् ।

उनले एमसिसी पास गर्छौं भनेर चिठ्ठी लेखेको भन्ने कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको खण्डन गरे ।
 
दलहरूबीच राष्ट्रिय सहमति नभई पारित गर्न नसकिने र त्यसका लागि समय भने चाहिन्छ भनेर चिठ्ठी लेखिएको दाबी गरे । 

‘हामीले भनेको के हो भने देशमा सबै दलसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सक्दैनौं । त्यसका निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ ? उपाय निकाल्छौं भनेर चिठ्ठी लेखेका हौं । हामी पास गर्छौं भनेर लेखेको होइन’, देउसी खेल्न आज निवास पुगेका पत्रकारहरूसँग प्रचण्डले भने । 

प्रचण्डले पास गर्छौं भनेर चिठ्ठी पठाएको अभिव्यक्ति प्रधानमन्त्री देउवाबाट आएपछि गठबन्धनमा तरंग आएको पनि बताए । 

प्रचण्डले भने, ‘हिजो शेरबहादुरजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डजी र मैले चिठ्ठी पठाइसकेको छु भनेर । देशैभरि तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठ्ठी पठाएको होइन।’ 

प्रधानमन्त्री देउवाले बेलायतबाट फर्केपछि बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग प्रचण्ड र आफूले एमसीसी परियोजना पास गर्छौं भनेर हस्ताक्षरसहित चिठ्ठी लेखी पठाएको विवरण सार्वजनिक गरेका थिए । 



त्यसपछि देउवा गठबन्धनभित्र र बाहिर आलोचित बनेका छन् । 

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले राष्ट्रिय महत्वको विषय भएकोले चिठ्ठी सार्वजनिक गर्न माग गरेका छन् । उनले एमसीसी पास गर्ने भन्ने विषयप्रति कडा आलोचना पनि गरे ।



  • प्रकाशित मिति : कात्तिक १९, २०७८ शुक्रबार १६:३०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया