काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ । बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।

बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काङ्ग्रेसको महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्मका लागि तोकिएको थियो । महासमिति बैठक मङ्सिर अन्तिम साताका लागि तोकिने सम्भावना रहेको शर्माले बताए । 

बैठकमा पार्टीको विधान संशाोधन मस्यौदा समितिको प्रतिवेदनसमेत प्रस्तुत हुने र त्यसबारेमा पनि छलफल हुने बताइएको छ । काङ्ग्रेसले संविधानको संघीय संरचनाअनुसार पार्टीको संरचना बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

बैठकमा भ्रातृसंस्था नेपाल विद्यार्थी संघकाे महाधिवेशनको मितिको बारेमा समेत छलफल हुने प्रवक्ता शर्माले बताए । नेविसंघकाे दुईवर्षे कार्यकाल समाप्त भएर थप गरिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि त्यसबारेमा पार्टीमा छलफल हुन लागेको हो । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७५ मंगलबार १०:२२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया