अफगानिस्ताबारे नयाँ दिल्लीमा क्षेत्रीय सुरक्षा बैठक

भारतको राजधानी नयाँ दिल्लीमा अफगानिस्तानबारे क्षेत्रीय सुरक्षा बैठक सुरू भएको छ । दुई दिने बैठकमा रसिया र इरानसहित मध्यएसियाली देशका प्रतिनिधिहरू सहभागी छन् ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमपछि यस क्षेत्रमा उत्पन्न सुरक्षा अवस्थाको समीक्षा र थप रणनीति तय गर्न बैठक आयोजना गरिएको हो । 

बैठकमा इरान, ताजकिस्तान, तुर्केमेनिस्तान, उज्बेकिस्तान र रसियाका प्रतिनिधिहरूको सहभागिता छ । पाकिस्तान भने यसअघि नै बैठकमा सहभागी नहुने जनाएको थियो ।  

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले आफू बैठकमा सहभागी नहुने गत साता नै जानाकारी दिएका थिए । यस्तै, चीनले पनि बैठकमा सहभागिता नजनाउने भएको छ । 

अफगानिस्तानले सामना गरेको मानवीय चुनौती र क्षेत्रीय सुरक्षा सम्बोधन गर्न यस क्षेत्रका देशहरुले साझा क्षेत्रीय प्रयास गर्नुपर्ने भारतले बताउँदै आएको छ । 

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बैठकको अध्यक्षता गरिरहेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १३:२४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया