नेपालजस्तो समावेशी संविधान कुनै देशमा छैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालजस्तो समावेशी संविधान संसारको कुनै देशमा नभएको बताएका छन् ।

गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले समावेशिता भएको, ३३ प्रतिशत महिला सुनिश्चित गरेको यस्तो समावेशी संविधान संसारको कुनै देशमा नभएको बताए ।

संविधानलाई समयानुसार परिमार्जन गर्दै सुदृढ रुपमा लैजाउनुपर्ने उनको भनाइ थियो । 'अहिले राम्रो संविधान छ । सबैको अधिकार समेटेको छ । केही समस्या छन् भने त्यसलाई हामीले प्रजातान्त्रिक तरिकाबाटै मिलाउनुपर्छ', उनले भने ।

यसलाई कार्यान्वयन गरेर सफल पार्नुपर्नेमा उनले जोड दिए । संविधान निर्माणपछि देशमा शान्ति र स्थायित्व आएको उनको दाबी थियो । 

'हाम्रो मुलुकमा अशान्तिबाट शान्ति छाएको छ । पहिला छिन छिनमा सरकार चेञ्ज हुन्थ्यो । आज एउटा प्रधानमन्त्री बन्यो, भोलि अर्कै हुन्थ्यो । आज स्थायित्व आएको छ', उनले भने ।

उनले देशलाई जलवायु परिवर्तनबाट बचाउनुपर्ने, नांगो हुने खतरामा रहेको हिमाल जोगाउनुपर्ने पनि बताए ।  –न्युज कारखाना
 





  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १४:२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया