पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि

नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो।

योसँगै अब पेट्रोलको मूल्य लिटरको १३६, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ। 

त्यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ। यसका साथै निगमले खाना पकाउने ग्यासको मूल्य पनि बढाएको छ।

निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले वृद्धि गरेको हो । अब ग्यासको मूल्य प्रतिसिलिण्डर रु १५७५ कायम भएको छ। 
 





  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार २१:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया