बंगलादेशकाे अाम निर्वाचन : विपक्षी दलले चुनाव बहिस्कार नगर्ने

ढाका– बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले अर्को महिना हुने आम निर्वाचन बहिस्कार नगर्ने भएको छ । 

विपक्षी पार्टीका नेताहरूले प्रधानमन्त्री सेख हसिनालाई चुनौती दिँदै निर्वाचन लड्ने निष्कर्षमा पुगेको बताएका छन् । विपक्षी पार्टीकी अध्यक्ष खालिदा जिया भने भ्रष्टाचारको मुद्दामा हाल कारागारमा छिन् । 

बिएनपीका वरिष्ठ नेता खन्डाकर मुसर्रफ हुसेनले आइतबार भने ‘हामी निर्वाचनमा भाग लिने निर्णयमा पुगेका छौँ ।’ 

बिएनपीले यसअघि सन् २०१४ मा भएको आम निर्वाचन बहिस्कार गरेको थियो । त्यही निर्वाचनले हसिनालाई शक्तिमा पुर्याएको थियो । 

निर्वाचन आयोगले आउँदो २३ डिसेम्बरका दिन निर्वाचनको घोषणा गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७५ आइतबार १९:४३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया