प्रियंकाको विवाहको तस्विरलाई १८ करोड भारु

एजेन्सी– बलिउड अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाहको तयारी सुरु भइसकेको छ । विवाहसँग जोडिएका विभिन्न  समाचारहरु सञ्चारमाध्यममा आइरहेका छन् । यसै सन्दर्भमा आइतबार प्रियंकाको विवाहसम्बन्धी अर्को खबर सार्वजनिक भएको छ । 

प्रियंकाको विवाहको तस्विर प्रकाशित गर्न एक अन्तर्राष्ट्रिय म्यागजिनले २४ लाख डलर अर्थात १८ करोड भारतीय रुपैयामा सम्झौता गरेको छ । 

सञ्चारमाध्यमका अनुसार हाइप्रोफाइल विवाहको तस्विर प्रकाशित गर्न अन्तर्राष्ट्रिय प्रकाशकहरुलाई जानकारी गराइएको थियो । जसमा उक्त म्यागजिनलाई तस्विर छाप्न अधिकार मिलेको हो । तर पनि अझै उक्त म्यागजिनको नाम भने सार्वजनिक गरिएको छैन् । 





  • प्रकाशित मिति : कात्तिक २६, २०७५ साेमबार ९:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया