दुर्घटनामा एकजनाको मृत्यु

दाङ- पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति लु२१प ५३४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेल पाण्डेका अनुसार मृत्यु हुनेमा अन्दाजी ६० वर्षीय पुरुष रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । उनको शव प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ । दुर्घटनामा परी प्युठानको माण्डवी गाउँपालिका–१ कुमलटारका २० वर्षीय कमल अधिकारी घाइते भएका छन् । उनलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७५ मंगलबार ११:३९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया