प्रभु इन्स्याेरेन्सको नाफा १६.१७ प्रतिशतले वृद्धि

प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा ६ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १६.१७ प्रतिशतले वृद्धि गरेको हो । समीक्षा अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आम्दानी ६.१४ प्रतिशतले बढेर २३ करोड ६५ लाख ८६ हजार रुपैयाँ पुगेको छ । कम्पनीकाे बीमा कोषमा ८३ करोड २८ लाख रुपैयाँ छ । 

प्रभुको जगेडा कोषमा ९.७६ प्रतिशतले बढेर २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ जम्मा भएको छ । यस अवधिसम्ममा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने छ रुपैयाँ कायम भएको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ छ ।

 





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १३:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया