विद्यार्थी नियमित गराउन दिवा खाजा

दमौली- विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाले गाउँपालिकाभित्रका २१ सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो । 

विद्यार्थीको उपस्थितिलाई नियमित गर्न दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष माया रानाले बताए । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय रहेकामा माध्यमिक तहका १० विद्यालयबाहेक आधारभूत, प्राथमिक र बालविकास केन्द्र गरी २१ विद्यालयमा यस वर्षदेखि दिवा खाजाको व्यवस्था गरिएको रानाले बताए । 

‘दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित आउने अपेक्षा गरेका छौँ,’ उनले भने । विद्यार्थी नियमित नआउने समस्या देखेपछि आकर्षण बढाउन खाजाको व्यवस्था गरिएको हो । दिवा खाजाको व्यवस्थापनका लागि यस वर्ष २५ लाख विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७५ बुधबार ११:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया