जनकपुरधाममा आज कार्तिक पूर्णिमा मनाइँदै(फाेटाेसहित)

कार्तिक पूर्णिमाको अवसरमा आज जनकपुरधाममा श्रद्धालुहरूकाे भीड देखिएको छ ।

पवित्र सरोवर गंगासागरमा स्नान गर्नेहरूको घुइँचाे बिहानैदेखि लागेको छ । गंगासागरमा स्नान गरेर जानकी मन्दिरमा पूजापाठ र दर्शन गर्न टाढाटाढाबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन्। 

हिन्दू धर्ममा पूर्णिमाको विशेष महत्व हुन्छ । कार्तिक महिनाको शुक्ल पक्षको पूर्णिमालाई कार्तिक पूर्णिमा भनिन्छ । कार्तिक पूर्णिमाका दिन माता लक्ष्मीको पूजा गरिन्छ । यस दिनमा गंगा स्नान, दीपदान, यज्ञ र भगवानको उपासनाको वशेष महत्व मानिन्छ । यस दिन गरिने दान-पुण्यबाट धार्मिक कार्य विशेष फलदायी हुने मान्यता छ ।  

धार्मिक मान्यताअनुसार कार्तिक पूर्णिमाका दिन देवी-देवता स्वर्गबाट धर्तीमा आएर गंगास्नान गर्छन्।  

कार्तिक पूर्णिमाका दिन पवित्र नदी, सरोवर र कुण्डमा स्नान गर्नु शुभ मानिन्छ । स्नानपश्चात दीपदानका साथै भगवान श्रीकृष्ण र राधाको पूजाको विधान छ । यस दिन गरिने दानबाट पुण्यफल दुई गुणा बढी प्राप्त हुन्छ । 

पूर्णिमाहरूमध्ये कार्तिक पूर्णिमालाई सबैभन्दा पवित्र मानिन्छ । कार्तिक पूर्णिमाका दिन ब्रह्मा, विष्णु र शिवको आराधना गरिन्छ । 



यस दिन तुलसी र शालिग्रामको विवाह समेत गराइन्छ । शास्त्रका अनुसार, यस दिन गंगा अथवा अन्य कुनै पवित्र नदीमा धार्मिक स्नान गर्दा भगवान विष्णुको कृपाले मोक्ष प्राप्ति हुन्छ ।



  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ११:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया