बलिउड अभिनेता विकी कौशलको विवाहको चर्चा अहिले बलिउडमा निकै छाएको छ । अभिनेत्री कट्रिना कैफसँग उनको विवाहको विषयमा बलिउडमा चर्चा छाएको हो ।
आगामि महिना यी दुईले राजस्थानमा विवाह गर्दै छन् । विवाहका लागि तयारी गरिरहेका विकी र कट्रिनाका यसबीचमा विभिन्न समाचार पनि आइरहेका छन् । उनीहरुले विवाहमा सहभागी हुन बोलाएका अतिथिबारे होस् या अन्य तयारीको विषयमा किन नहोस्, चर्चा निकै बढिरहेको छ ।
यहीबीच सामाजिक सन्जालमा विकी कौशलको एउटा नयाँ भिडियो निकै भाइरल भएको छ । यो भिडियो विकी कौशलले नै आफ्नो इन्स्टाग्राममा सेयर गरेका हुन् ।
पन्जाबी गीत मितरा दा चलिया ट्रकमा विकीले नाच्दै गरेको भिडियोलाई उनका प्रशंसकले पनि निकै मन पराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।