कांग्रेस बैठक शनिबार

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर १ गते शनिबार अपराह्न २ बजे बस्ने भएकोछ । 

कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन पार्टीले संबद्ध सबैमा आग्रह गरेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापतिमा नियुक्त गरेपछि अन्य नेताहरुले साे निर्णयकाे विराेध गर्दै अाएका छन् । सभापति देउवाले भने अाफूले राजनीतिक निर्णय गरेकाे भन्दै अाफ्नाे बचाउ गर्दै अाएका छन् । 

अागामी बैठक साेही विषयमा केन्द्रित हुने अनुमान गरिएकाे छ ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७५ बिहीबार १८:२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया