चीनले साना देशलाई कहिल्यै धम्की दिँदैन : राष्ट्रपति जिनपिङ

चीनका राष्ट्रपति सी जिनपिङले चीनले साना देशलाई कहिल्यै पनि धम्की नदिने बताएका छन् ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान)को सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले यस्ताे बताएका हुन् । 

उनले भने, ‘चीनले साना देशहरूलाई कहिल्यै धम्की दिन्न । हामीले यस क्षेत्रमा शान्ति र स्थिरताका लागि छिमेकीसँग राम्रो सम्बन्ध गाँस्न चाहन्छौं ।’  

दक्षिण चीन सागरमा चीनका जल सेनाले फिलिपिन्सको डुंगामा गोली हानेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति सीको यस्ताे भनाइ आएको हो । चीनका जलसेनाको कदमलाई फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुर्तेतेले निन्दा गरेका छन् । 

दक्षिण चीन सागरलाई लिएर पछिल्लो समय फिलिपिन्स र चीनबीच तनाब बढेको छ । 

सोमबारदेखि सुरु भएको भर्चुअल बैठकमा १० देशका सरकार प्रमुखहरुले सम्बोधन गर्दैछन् । सम्मेलनमा बर्माका प्रतिनिधिलाई भने आमन्त्रण गरिएको छैन् । गत वर्ष निर्वाचित सरकारलाई अपदस्थ गरी म्यानमारको  सेनाले सत्ता नियन्त्रणमा लिएको थियो । 





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार ७:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया