बागमती प्रदेशको राजधानी हेटौँडामा सामरिक दृष्टिकोणले महत्वपूूर्ण मानिन्छ । प्रदेशको राजधानी हेटौँडामा राख्नका लागि प्रमुख दलका प्रभावशाली नेताले केन्द्रमा राम्रै लबिइङ गरे । स्वीकृत पनि भयो । अहिले हेटौंडाका सडकमा खुलेआम भारतीय सुरक्षाकर्मीको गाडी हिँड्ने गरेको पाइएको छ ।
मंगलबार हेटौँडामा नेकपा एमालेको र्याली भयो । १०औँ महाधिवेशन सफल बनाउन भन्दै हेटौँडाका एमाले कार्यकर्ताले गरेको र्यालीका कारण भारतको झारखण्डको एउटा गाडी बुद्धचोकमा जाममा पर्यो । भारतीय नम्बर प्लेट जेएचओ१बिटी१९१५को गाडी रोकियो । उक्त गाडीको अगाडी लेखिएको थियो, 'पोलिस' ।
प्रहरी अधिकारीले चड्नेझैँ भारतीय नम्बर प्लेट रहेको उक्त गाडीले बुद्धचोकमा हर्न बजायो । नेपाल प्रहरीले वास्तै गरेन ।
भारतीय नम्बर प्लेटमा प्रहरी अंकित गाडी प्रदेशको राजधानीको मुख्य चोकमा हिँड्दा मकवानपुर प्रहरीलाई जानकारी नै छैन । यो विषयमा मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयेश्वर रिमालले आफूलाई जानकारी नभएको बताए ।
सीमा सुरक्षा प्रहरीले भारतीय प्रहरी आएकोबारे कुनै जानकारी नदिएको डिएसपी रिमालले बताए । उनले भारतीय प्रहरी खुलेआम हेटौँडामा आएको भन्ने तथ्य फेला नपरेको भन्दै यो विषयमा आफूले तत्काल जानकारी लिने बताए । 'पोलिस' लेखिएको भारतीय नम्बर प्लेट जेएचओ१बिटी१९१५ को गाडी महेन्द्र राजमार्ग हुँदै त्रिभुवन राजपथतर्फ हुइँकिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।