अभिनेत्री बन्न साराले गरेका दु:ख !

मुम्बई– सानैदेखि साराको एक्टर बन्ने सपना थियो । तर, ९६ केजी तौल भएकी साराले हिरोइन बन्न सक्छु भन्ने सोच्नै सकिनन् ।

स्कुल, कलेजमा पनि मोटो जिउडालकै कारण अवहेलना सहनुपर्थ्यो । उनलाई सबैले ‘मोटी’ भनेर बोलाउँथे । 

करिनाबाट के सिक्न चाहन्छिन् उनी ? 

सारा भन्छिन्, ‘हुन त करिना हरेक काम राम्रोसँग गर्छिन्, तर म उनीसँग एउटा कुरा सिक्न चाहन्छु । त्यो हो, ब्यालेन्स लाइफ । म भगवानसँग कामना गर्छु कि कुनै दिन म पनि उनीसँग यो कुरा सिक्न सकूँ ।’

सानो छँदा सारा एउटा फिल्मी पात्रको ठूलै फ्यान थिइन् । त्यो थियो, ‘कभि खुसी कभि गम’ मा करिनाले निभाएको ‘पु’ पात्र । 



तर, साराले कहिल्यै सोचेकी थिइनन् कि कुनै दिन उनले सधैँ प्रशंसा गर्दै आएकी ‘पु’ नै उनकी पापाकी दोस्री श्रीमती बन्नेछिन् । 

कलेजको दोस्रो वर्षमा सोचिन् कि एक्टर नै बन्छु



बिबिसी एसिया नेटवर्कका हारुन रसिदसँग उनले भनेकी छिन्, ‘२३ वर्षदेखि म यो सपना देखिरहेकी छु । चारपाँच वर्षको उमेरमै मैले सोचेकी थिएँ कि मैले हरहालमा एक्टिङ नै गर्नु छ ।’

सानैदेखि अभिनयमा रुचि राख्ने साराले भर्ना हुने वेला हेडमास्टरलाई फोनबाटै गीत गाएर मन जितिन् र आफ्ना बाबाआमाले चाहेकै स्कुलमा भर्ना पाइन् । 

सारा भन्छिन्, ‘कलेजको दास्रो वर्ष सकिँदै मैले सोचिसकेकी थिएँ, म जसरी भए पनि एक्टर नै बन्छु भनेर । त्यसवेला मेरो मोटोपन नै मेरा लागि सबैभन्दा ठूलो समस्या थियो । तर, जब मैले आफू हरहालमा एक्टर नै बन्छु भनेर सोचेँ, त्यसपछि तेस्रो वर्षदेखि नै मैले तौल घटाउन सुरु गरेँ ।’

‘मैले केदारनाथ फिल्म गर्छु भनेर ‘हुन्छ’ त भनिसकेकी थिएँ, तर जब सुटिङ गर्न गएँ, तब थाहा भयो कि मैले अझ धेरै मिहिनेत गर्नुपर्छ । ट्रेलरमा एउटा सिन छ, जहाँ म गंगामा डुब्की लगाउँदै छु, त्यो समय निकै चिसो थियो । पानी पनि निकै चिसो थियो । यस्तो लाग्दै थियो, म मर्न लागिरहेकी छु । तर, सेटमा काम गर्दा कहिल्यै गाह्रो भएको महसुस भएन । सबै सहजै भएको थियो । सेटबाट बाहिर आइसकेपछि थाहा पाएँ कि मेरो स्वास्थ्य निकै खराब भइसकेको छ, या खुट्टामा केही समस्या आएको छ । तर पनि क्यामेराका अघि पर्दा यस्तो कहिल्यै लागेन ।’

  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १८:४२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया