निमोनियाको जोखिम घटाउने ५ घरेलु उपचार

निमोनिया जीवाणु संक्रमण भाइरसका कारण फैलिने गर्छ । यो एकप्रकारको गम्भीर रोग भएकाले यसबाट हरेक वर्ष लाखौँ मानिस मुत्युको मुखमा पुग्ने गर्छन् । निमोनिया एक संक्रामक रोग हो । 

खोक्दा, हाच्छ्युँ गर्दा, वा श्वासप्रश्वासको ओहोर–दोहोरबाट यो रोग एकबाट अर्काेमा फैलिने गर्छ । धेरै व्यक्तिमा निमोनियाको लक्षण देखिने गर्दैन, तर ती मानिसले निमोनिया फैलाउन सक्छन् । त्यसकारण पनि यसको लक्षणबारे जानकारी लिन आवश्यक छ । 

निमोनियाको लक्षण 

– खोकी लाग्ने
– ज्वरो आउने 
– टाउको दुखाइ 
– श्वासप्रश्वासमा समस्या 
– छाती दुखाइ
– मासंपेशीको दुखाइ
– उल्टी हुने 
– चक्कर लाग्ने 

निमोनिया एक घातक रोग हो । यसको उपचारको लागि घरमा एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ । तर, धेरै अवस्थाका अस्पताल भर्ना हुन आवश्यक पनि हुन्छ । स्वस्थ जीवनशैली अपनाएर निमोनियाको जोखिमलाई घटाउन सकिन्छ । तल प्रस्तुत छन्ः निमोनियाबाट बच्नका लागि घरैमा गर्न सकिने केही प्रभावकारी उपचार : 

बेसार वा अदुवाको चियाको पिउनुहोस्



निमोनिया रोगका लागि बेसार वा अदुवाको चिया खानाले छातीको दुखाइ वा टाउको दुखाइको समस्यामा राहत आउँछ । पकाएको बेसार वा अदुवाको छेक्रा खाँदा स्वास्थ्यका लागि धेरै फाइदा गर्छ ।  

मरिचको चिया पिउनुहोस् 



छाती दुखाइमा मरिचको चियाले भित्रसम्म पुगेर काम दिने गर्छ । मरिचको तातो चिया पिउनाले घाँटीमा हुने खसखसाहटको समस्या हल हुन्छ । 

कफी पिउनुहोस् 

तातो कफी पिउनाले निमोनियाको कारण हुने श्वासप्रश्वासको समस्यालाई कम गर्ने गर्छ । कफीमा पाइने क्याफिन फेफडोले भित्री भागसम्म पुगेर श्वास फेर्न सजिलो हुन्छ । 

महको सेवन गर्नुहोस् 

महमा एन्टिब्याक्टेरियल, एन्टिफइंग र एन्टिओक्सिन्टजस्ता विशेषता रहेका हुन्छन् । जसले निमोनियाबाट हुने कफलाई कम गर्छ । गिलासको एक चौथाई पानीमा १ चम्चा मह पानी मिलाएर हरेक दिन पिउनाले निमोनियाबाट छुटकारा पाउन सकिन्छ । 

तातो सुप पिउनुहोस् 

सुप मौसमी सब्जीहरूबाट बनेको हुन्छ । सुप पोषक तत्वको एक स्रोत हो, जसले संक्रमणसँग लड्नका लागि आवश्यक शक्ति प्रदान गर्दछ । तातो सुपले शरीरलाई न्यायो प्रदान गर्दछ । 


 

  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार १८:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया