मुलुकको विकासका लागि कृषि क्रान्ति अपरिहार्यः नेता पौडेल

पर्सा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिक्रान्ति बिना नेपालको विकास हुन नसक्ने धारणा व्यक्त गरेका छन् । नेपाली कांग्रेस पर्सा क्षेत्र ४ ले शुक्रबार पर्साको धोवनी गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाल गाउँमा बस्ने र किसान नै नेपाल भएकाले किसानको जीवनस्तरमा सुधार ल्याएपछि मात्र मुलुकमा विकास हुने ठोकुवा गरे । 

उनले कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जाको विकासले नै राष्ट्रलाई समृद्ध बनाउने सकिने भए पनि यसतर्फ सरकारको ध्यान नरहेको बताए । विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकालाई पार्टीमा स्वागत गर्दै वरिष्ठ नेता पौडेलले मधेस आन्दोलनका घाइते र सहादत प्राप्त भएकालाई राहत प्रदान गर्न नेपाली कांग्रेसले आयोग गठन गर्ने बताए । 

उनले आन्दोलनमा मारिएका आश्रित परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेका नेताहरु सत्तामा पुगेपछि सबै बिर्सिएकाले जनताको सच्चा साथीका रूपमा रहेको कांग्रेसले चाँडै आयोग बनाई आन्दोलनका क्रममा पीडित भएकाको समस्यालाई सम्बोधन गर्ने ठोकुवा गरे । 

नेपाली कांग्रेस पर्सा क्षेत्र ४ का क्षेत्रीय सभापति रमेश पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरीलगायत वक्ताले सरकार गठन भएको ६ महिना बित्दासमेत जनताले सरकारको अनुभूति गर्न नसकेको विचार व्यक्त गरेका थिए ।  





  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार २०:१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया