ट्राफिक जामका कारण एमाले केन्द्रीय कमिटीको बैठकमा ढिलाइ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रिय कमिटी बैठक चितवनको सौराहामा सुरु हुँदैछ । १०औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थल सौराहामा एमालेको वर्तमान कमिटिको अन्तिम बैठक बस्न लागेको हो । ८ बजेदेखि सुरु हुने भनिएको बैठक महाधिवेशनको उद्घाटन समारोहमा आएका सवारी साधनले भएको जामका कारण केही ढिला हुने भएको छ । 

बैठकमा स्थायी कमिटीले प्रस्ताव गरे अनुरुप बन्दसत्रमा पेस हुने कार्र्यक्रमलाई अनुमोदन गर्ने एमाले सचिव तथा प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठकले महाधिवेशनको बन्दसत्रमा विधानका केही बुँदा संशोधनको लागि प्रस्ताव समेत गर्नेछ । 

महाधिवेशनको उद्घाटन समारोहमा सहभागी प्रधानमन्त्री, विभिन्न दलका नेता र कार्यकर्तालाई धन्यवाद ज्ञापन बैठकबाट गरिने ज्ञवालीले बताए । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार २१:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया