आज ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै माओवादी केन्द्र

सत्ता घटक नेकपा (माओवादी केन्द्र) लाई पनि आन्तरिक चुनाव लागेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेस जिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो ।

माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो । आज शनिबार ७५३ वटा स्थानीय तहमा को अधिवेशन गर्ने भएको छ। त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ । 

पालिका सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  अपराह्न १ बजे भर्चुअल’ सम्बोधन गर्ने छन् । 

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पालिका सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताए । 

पालिका सम्मेलन २५ मंसिरमा हुनेछ । माओवादीले ११–१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ  । 





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार ७:८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया