बन्दसत्र स्थल पुगे केपी ओली
फरकधार / ११ मंसिर, २०७८

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आयोजना गरिएको स्थलमा पुगेका छन् । 



उनी सौराहामा आफू बसिरहेको सेभेन स्टार होटलबाट बन्दसत्र आयोजना गरिएको होटलमा पुगेका हुन् । 

आज बिहान ८ बजे सुरु गर्ने भनिएको एमालेको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन । नेताहरुबीच सर्वसम्मत नेतृत्व चयनको विषयमा कुरा नमिल्दा यो बन्दसत्र सुरु हुन नसकेको हो । 

बन्दसत्र स्थल पुग्नुअघि एमाले अध्यक्ष ओली आफू बसेको होटलमा एमालेका शीर्ष नेताहरुसँग छलफलमा जुटेका थिए ।



  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १२:४५:२१,   अन्तिम अपडेट : मंसिर ११, २०७८ शनिबार १२:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया