सल्यानमा देवरको हत्या गरेकाे आराेपमा भाउजू पक्राउ

सल्यानमा देवरकाे हत्या गरेकाे आराेपमा आफ्नै भाउजू र एक छिमेकी भाउजू पक्राउ परेका छन्।

शारदा नगरपालिका-६ का ३० वर्षीय शेरबहादुर चन्दकाे हत्याकाे आराेपमा आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू २५ वर्षीया राधा पाैडेल चन्द पक्राउ परेका हुन्।

स्थानीयवासीले घर नजिकैकाे बाँसघारीमा आधा जलेकाे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  

मृतक चन्दकाे घरमा रगत देखिएकाे हुनाले उनकाे हत्या गरी जलाइएकाे हुनसक्ने आशंका प्रहरीले गरेकाे छ ।

प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ । 





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १३:३१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया