प्रदेश २ को स्वास्थ्य सेवा विधेयक प्रमाणीकरण

प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।

प्रदेशसभाबाट पारित भइ आएको ‘स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रमाणीकरण गरेका हुन् ।

२०७७ चैत १७ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको सो विधेयक २६ असोज २०७८ मा प्रदेश सभाबाट पारित भएको थियो । स्वास्थ्य सेवा सम्बन्धी ऐन कार्यान्वयनमा आएसँगै प्रदेशको स्वास्थ्य अवस्थामा सुधार हुने जानकारहरूको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा देखिएका विकृति विसंगति तथा हस्पिटल, चिकित्सकहरूले सर्वसाधारणबाट असुल गर्ने अनैतिक रकम लगायतका समस्यामा केही सुधार हुने अपेक्षा गरिएको छ ।

ऐनमा प्रत्येक सामुदायिक विद्यालयमा किशोर किशोरीलाई प्रजनन स्वास्थ्यसम्बन्धी सेवासहित अन्य स्वास्थ्यसम्बन्धी सेवा, शिक्षा दिन क्रमशः नर्सको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

निजी विद्यालयको हकमा भने स्वास्थ्य सेवा ऐन लागू भएको एक वर्षभित्र प्रत्येक विद्यालयले अनमी वा स्टाफ नर्स राख्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । ऐनमा एक वर्ष भित्र निजी विद्यालयले विद्यालयमा स्टाफ नर्स वा अनमी नराखेको पाइएमा त्यस्ता विद्यालयको लाइसेन्स नै खारेज गरिने प्रावधान छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १४:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया