बन्दसत्र हल बाहिर बाँडियो भीम रावलको पुस्तक

एमालेको १० औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचारसंहिता जारी गरिएको थियो । तर, त्यसको बेवास्ता गर्दै बन्दसत्र हल बाहिर भीम रावलको तस्बिरसहितको सानो पुस्तिका वितरण गरिएको छ ।

रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, अहिलेसम्म निर्वाचन समितिलाई मतदान प्रक्रियाबारे कुनै जानकारी गराइएको छैन । अध्यक्ष केपी ओली भने सर्वसम्मतिमै एमालेको नयाँ केन्द्रीय कमिटी घोषणा गर्ने तयारीमा छन् ।

यही क्रममा महाधिवेशनस्थलमा भीम रावलले अध्यक्षमा उठ्नुपर्ने कारणसहितको पुस्तिका उनी निकट कार्यकर्ताले महाधिवेशन प्रतिनिधिलाई वितरण गरेका हुन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ११:३८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया