शेरबहादुर तामाङले भने- पदाधिकारीको टुंगो लाग्यो, बन्दसत्र ८ बजे सुरु हुन्छ

नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ८ बजेबाट सुरु हुने भएको छ । एमाले केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले बन्दसत्र राति ८ बजेबाट सुरु हुने बताएका छन् ।

उनले निर्वाचन भए आफ्नो दाबी सचिवमा रहे पनि अब नेतृत्वले जता राख्यो त्यतै बस्ने बताएका छन् । 

'चुनाव भएको भए मेरो दाबी सचिवमा हुनेथ्यो । अब जहाँ आवश्यक पर्छ त्यही राख्छन् । नेतृत्वलाई धेरै प्रेसर नदिऊ', उनले भने ।

उनले केन्द्रीय कमिटीको नाम कलस्टरवाइज मिलाउँदा ढिला भएको बताएका छन् । यसका साथै उनले पदाधिकारीको नामावली विवाद रहित ढंगले टुंगिसकेको बताएका छन् ।

बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै दिनभर नेताहरूसँग छलफल गरेपछि अहिलेसम्म पनि बन्दसत्र चल्न सकेको छैन ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १९:४४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया