एमाले महाधिवेशन : विष्णु पौडेलले गरे दोस्रो पटक नामावलीको सूची प्रिन्ट

एमाले नेता विष्णु पौडेलले दोस्रो पटक नामावलीको सूची प्रिन्ट गराएका छन् । उनले सहमतिका आधारमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको नामावली तयार पारेको भन्दै आइतबार दिउँसो पनि सूची प्रिन्ट गराएका थिए ।

अध्यक्ष केपी शर्मा ओलीले आज दिनभर सहमतिमा नेतृत्व टुंग्याउनका लागि प्रयास गरेका थिए । ओलीसँग  छलफल गरी बाहिरिएका उनी निकट नेताहरूले नामावली सूची तयार भइसकेको बताएका छन् ।

ओली बसेको होटलबाट निस्केर बन्दसत्र हल प्रवेश गर्ने क्रममा नेता महेश बस्नेतले सबैको सहमति हुने गरी नामावली तयार पारेको बताएका थिए ।

त्यस्तै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पनि नेताहरूसँग धेरै लेयर छलफल गरेर सहमतिका आधारमा नामावली टुङ्ग्याएको बताए । अहिले ओली निकट नेताहरू धमाधम बन्दसत्र हल प्रवेश गर्दै छन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार २०:५८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया