एमाले अध्यक्षमा ओली भारी मतान्तरले विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा भएको दशौं राष्टिय महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले अब पुनः एमालेको ५ वर्ष नेतृत्व गर्नेछन् । ओलीको चाहना सर्वसम्मत अध्यक्ष पदमा दोहोरिने थियो । यद्यपि उपाध्यक्षसमेत रहेका डा. भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि उनको चाहनामा ब्रेक लागेको थियो । आइतबार हुने भनिएको मतदान आज मात्रै भएको थियो ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा २ हजार ९६ जना प्रतिनिधिले भोट हालेका थिए । अध्यक्षमा ओली भारी मत अन्तरले निर्वाचित भएका हुन् । भीम रावलले करिब दुई सय हाराहारीमा मत प्राप्त गरेका छन् । एमाले अध्यक्षमा ओली विजयी भएको केही बेरमा घोषणा गर्ने तयारी गरेको निर्वाचन अधिकृत कमल पाठकले बताए ।

अध्यक्षमा प्रतिस्पर्धा गरेका रावलले आफू अध्यक्षबाहेक अरु कुनै पदमा शपथ नलिने बताइसकेका छन् । ओलीले बन्दसत्रको दोस्रो दिन मध्यराति सर्वसम्मतिका लागि केन्द्रीय पदाधिकारी र सदस्यको नाम पढेर सुनाएका थिए । यद्यपि रावलसहित अरू तीन जना सदस्यको पदाधिकारीमा उम्मेदवारी परेपछि आज मतदान भएको थियो ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १५:२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया