स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री सातामै दोस्रो पटक निर्वाचित

म्याग्डालेना एन्डरसनले पदबाट राजीनामा दिएको एक हप्ता नबित्दै पुन: प्रधानमन्त्री नियुक्त भएकी छिन् ।

अल्जाजीराका अनुसार, म्याग्डालेन एन्डरसन प्रधानमन्त्री भएको भोलिपल्ट राजीनामा  दिएकी थिइन् । उनको बजेट विपक्षीले अस्वीकार गरेपछि राजीनामा दिएकी थिइन् । गठबन्धनमा अति दक्षिणपन्थी पार्टीसमेत समावेश थियो । यसअघि, मध्य-वामपन्थी सामाजिक लोकतान्त्रिक पार्टीकी नेता म्याग्डालेना एन्डरसन चुनावपछि देशको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । 

उनको पहिलो ऐतिहासिक कार्यकाल करिब सात घण्टाको थियो। 
‘संवैधानिक अभ्यासअनुसार कुनै दलले सरकार छोडेमा गठबन्धन सरकारले राजीनामा दिनुपर्छ,’ उनले भनिन्। 'मेरो लागि, यो सम्मानको कुरा हो, तर म त्यस्तो सरकारको नेतृत्व गर्न चाहन्न जहाँ यसको वैधतामा प्रश्न उठाउने आधार होस्,' उनले आफ्नो फेसबुकमा लेखेकी छिन् ।

यद्यपि, एन्डरसनले हालैका दशकहरूमा स्वीडेनका सबैभन्दा कमजोर सरकारलाई नेतृत्व गर्ने अपेक्षा गरिएको छ। यसबाहेक, एन्डरसनको बजेट आप्रवासी विरोधी स्वीडेन डेमोक्र्याट सहित तीन विपक्षी दलहरूले तयार गर्नेछन् ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार २१:५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया