राप्रपाको लिङ्देन प्यानलबाट महामन्त्रीमा रेखाले उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पदमा अभिनेत्री रेखा थापाले उम्मेदवारी दिने भएकी छन् । 

अभिनेत्रीसमेत रहेकी रेखाले राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्री उम्मेदवारी दिने भएकी हुन् ।

राप्रपामा ६ जना महामन्त्री रहने विधानमा प्रस्ताव गरिएको छ । राप्रपामा १ जना महिलासहित ३ महामन्त्री अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ ।

लिङ्देन प्यानलबाट गोविन्द खनियाँ र नेपालगञ्‍ज उपमहानगरका मेयर धवल शमशेर जबरा पनि आकांक्षी हुन् । 

यता थापाको प्यानलबाट महामन्त्री पदका लागि कुन्ति शाहीले उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् ।

राप्रपाको अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्रीसमेत रहेका सांसद लिङ्देन उठ्दै छन् ।



आजदेखि काठमाडौंमा राप्रपाको महाधिवेशन सुरु भएको छ । राप्रपाको आज उद्घाटनसत्र सकिएको छ । उम्मेदवारी दर्ता, मनोनयन, निर्वाचनलगायत कार्यक्रम बिहीबार हुनेछ ।



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार २०:२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया