कमल थापासँग बिग्रिएको निर्मल निवासको सम्बन्ध र राजेन्द्रलाई ग्रिन सिग्नल
फाइल तस्वीर ।

राप्रपाको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । यसपटकको यो महाधिवेशनलाई निकै महत्त्वका साथ हेरिएको छ भने राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङ्देन चुनावी प्रतिस्पर्धामा राप्रपाका अध्यक्ष कमल थापासँग उत्रिएका छन् ।

लिङ्देन थप चर्चामा आउनुको कारण हो, उनलाई राजा ज्ञानेन्द्र शाहले पनि समर्थन गर्नु । 

यो कुरा स्वयं लिङ्देनले स्वीकार गरेका छन् । आफूले उम्मेदवारी घोषणा गरेपछि ज्ञानेन्द्र शाहसँग भेट गरेको र उनको शुभकामना पाएको लिङ्देनले बताउन थालिसकेका छन् ।

यहीबीच थापाले चाहिँ निर्मल निवासले चाहिनेभन्दा बढी चासो देखाएकाले यसअघि पार्टी विभाजन भएको र अहिले पनि निर्मल निवासले पार्टीभित्र चासो देखाएको बताएका छन् ।

महाधिवेशन अगाडि मात्रै पनि पूर्वराजा ज्ञानेन्द्रबारे आलोचनात्मक टिप्पणी गरेकाले पछिल्लो समय थापाको र शाहको सम्बन्ध बिग्रिएको प्रष्ट बुझ्न सकिन्छ । 

‘उहाँको सम्बन्ध बिग्रिएको मात्र होइन,’ राप्रपाका एक नेता भन्छन्, ‘पूर्वराजाले लिङदेनलाई स्पष्ट रुपमा आफूले सहयोग गर्ने पनि बताएका छन् ।’ ती नेताका अनुसार पूर्वराजा शाहको समर्थन हुँदा कम्तिमा पनि ४ सय भोट प्रभावित हुन्छन् ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार २२:२२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया