नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु

नेपाली कांग्रेसकाे प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । 

सातैवटा प्रदेशमा पहिलाेपटक प्रदेश अधिवेशन हुन लागेकाे हाे । पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसाे दुई बजे अधिवेशनकाे उद्घाटन गर्नेछन् ।

आज प्रदेश अधिवेशन उद्घाटन र भाेलिदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

कांग्रेसका अनुसार प्रदेश-१ को अधिवेशन विराटनगरमा, प्रदेश-२ को जनकपुरमा, बागमतीकाे हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुनेछ ।

कांग्रेसको १४औं महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि काठमाडाैंमा हुँदैछ ।  





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ७:३१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया